Kathmandu:-
Header03.jpg

गुरूआश्रम बाँझो-९, माङसेबुङ, इलाम ।

हाङसाम साम्यो - किरात धर्म दर्शन अनुसार माङसेवा (सेवापूजा) सम्पन्न गर्दा अपनाइने तौर तरिका अर्थात कर्मकाण्डहरु अत्यन्तै धेरै छन । हामी किरात धर्मावलम्वीहरु प्राकृतिक पूजक भएको हुनाले प्रकृतिसंग सम्वन्धित तत्वहरुलाई तागेरा निङवाभू माङ कै स्वरुप मानेर पुज्ने गरिन्छ । यो कुरा किरात साम्जिक मुन्धुममा प्रष्ट रुपमा उल्लेख गरिएको छ । किरात हाङसाम साम्योलाई जीवन्त राख्ने मुन्धुम जुन छ । त्यो नै हाम्रो धार्मिक कर्मकाण्डको मूख्य जड हो, मुन्धुम छैन भने हाम्रो कुनै कुराको पुर्णता हुन नै सक्दैन । मानव सृष्टिको शुभारम्भदेखि नै यही मुन्धुमु वाचन गरेर माङसेवा -सेवापूजा) अर्चना गरिंदै आएको छ ।       

किरात धर्म दर्शन अनुसार जुन प्रकारले सेवापूजा गर्दा पनि मुन्धुमवत हामीले प्रारम्भिक चरणमा जुन प्रकारले निश्चित परिधिमा रहेर सेवा पूजा गर्ने गर्नुपर्दछ । यसरी सम्पन्न गरिने माङसेवा (सेवापूजा) लाई मार्गनिर्देशित गर्ने नै किरात साम्जिक मुन्धुम रहेको छ । यही किरात साम्जिक मुन्धुमु अनुसार हामीले माङसेवा गर्नुपर्दछ ।       

धर्म, कर्म, काण्ड पूरा गरी माङसेवा गर्दा विशेषत  दिनमा तीन पटक अनिवार्य रुपमा सेवा पूजा गर्नु पर्दछ । यसरी तीन पटक सेवा पूजा गरिने विधि-विधानलाई तानछो सेवा अर्थात प्रातकालिन सेवा -तानछो सेवा), लेन्जो सेवा अर्थात दिवाकालिन सेवा -लेन्जो सेवा) र युनछो सेवा अर्थात संध्याकालिन सेवा   (युनछो सेवा) भनिन्छ ।       

हामी सेवा पूजामा आसन जमाउनु पुर्व नुहाई धुहाई गर्नुपर्छ । पवित्र जलले यो हाम्रो मन-मस्तिष्क आत्माले भरिपुर्ण शरीरलाई सेसे-साङसाङ (पवित्र) गर्नुपर्छ । त्यसपछि माङसेवा (सेवापूजा) गर्दा चाहिने सेवा सामग्रीहरु जम्मा गर्नुपर्दछ । यसरी माङसेवा (सेवापूजा) गर्नको निमित्त दियो, कलश, शुद्ध, जल, धुप, बात्ती, अक्षेता, सुनपानी, शुद्ध, फूल, जौ पानी आदि-इत्यादि तयार पार्नुपर्दछ । त्यसपछि सेवा पूजाको निमित्त तयारी अवस्थामा पुगिन्छ ।       

यहाँ सेवा पूजा प्रारम्भ गर्नु पुर्व एउटा कुरा के चाहीं ध्यान दिन आवश्यक छ भने हामी घरमा व्यक्तिगत रुपमा पूजा गर्दैछौं कि समूहगत रुपमा माङहिममा सेवा  गर्दैछौं । त्यो कुरा चाहीं ख्याल गर्नुपर्छ । यहि घरमा व्यक्त्तिगत रुपमा सेवपूजा गरिने हो भने तीनवटा दियो, तीनवटा तामाको कलश भए पुग्छ । माङहिम (मन्दिर) मा सेवा पूजा गरिने हो भने कम्तिमा तीन-तीनवटा दियो कलश राखी माङसेवा गर्नुपर्छ ।       

जब सेवा गरिने प्रकृति अनुसार आफू तयारी भइसकेपछि सम्पुर्ण सामग्री जम्मा गरेर माङसेवामा आसन जमाउनु पर्छ । माङसेवाको लागि आसनमा बस्नको निमित्त त्यस्तो खासै यस्तै नियम अनुसार रहनु पर्छ भन्ने चाहीं हुँदैन । माङसेवा आसनमा बसिसकेपछि किरात साम्जिक मुन्धुमलाई एउटा सफा सेतो कपडामाथि राख्नुपर्छ । अनि त्यस साम्जिक मुन्धुमलाई फूल अक्षेताले पुजेर सेवा चढाउनुपर्छ । यहाँ के कुरा चाहीं सम्झनु भुल्नु हँदैन भने यसरी माङसेवा प्रारम्भ गर्नुपुर्व थान-मानमा राखिएका दियोहरु सबै प्रज्वलन गर्नुपर्छ अर्थात दियो, धुप बात्ति बाली सक्नर्ुपर्छ । किरात साम्जिक मुन्धुम ग्रन्थलाई फूल अक्षेता भेटीले पुजी मानि फलाक्नु पर्छ । यसरी फलाकिने मुन्धुम त्यही साम्जिक मुन्धुममा लेखिएको हुन्छ । त्यसरी फलाक्दा " हे - मुन्धुम, धर्म, कर्मका निर्माणकर्ता तागेरा निङवा-भू माङ, हे परमपरमेश्वर - तिम्रो प्रणाम  गर्छु मुन्धुमको धनि, सृष्टिको धनि, संसारका मालिक खवात्लुङ थाक्फुतमाङ प्रणाम गर्छु तिमीले नै रचना गर्नुभएको, सृष्टि गर्नुभएको यो साम्जिक मुन्धुम पढि माङसेवा गर्दा दोख नलागोस । माङको काखमा मेरो सेवा-पूजा लीन होस ।" भनेर फलाक्ने गरिन्छ । किरात साम्जिक मुन्धुमलाई पुज्दा यसरी मुन्धुम वाचन गर्नुपर्छ ।

A01

उल्लेखित साम्जिक मुन्धुम वाचन गरेर जब तीन पटक माङसेवा गरिन्छ तबमात्र मुन्धुमको ठेली खोलेर वाचन गर्न प्रारम्भ गरिन्छ । यसरी माङसेवा प्रारम्भ भइसकेपछि सबैभन्दा पहिले तगिप सेवा वा सेवा शुभारम्भ गर्नुभन्दा पहिले वाचन पढनु पर्छ । यसरी वाचन गरिने मुन्धुमलाई तगिप सेवा साम्जिक मुन्धुम A02 भनिन्छ । यस साम्जिक मुन्धुममा यसो भनि व्याख्या गरिएको हुन्छ । "सृष्टिकाल पुर्व यो संसारमा केही केही पनि थिएन । सुन्य महा सुन्य मात्र थियो । चारैतिर सुनसान मात्र थियो । आकाश, धर्ती, हावा, पानी, केही केही पनि थिएन । यसरी शुन्य महाशुन्य मुसुन्ने खेसुन्ने मात्र भएकोले केही नसुहाएको देखेर सृष्टिकर्ता तागेरा निङवा- भू माङ हरेक तत्वको रचना गर्नुभयो । त्यसैको आधारमा पञ्च तत्वको निर्माण भयो । त्यसरी नै मानवको सृष्टि भयो । यो वर्णन यो कथन, यो मुन्धुम सावा येहाङको सही सन्देश हो, तागेरा निङवा- भू माङको अर्थात परम-परमात्मार् इश्वरको सु-सन्देश हो । माङको यही सन्देशलाई ग्रहण गर्दै आज माङको सेवा गर्दैछौ है । यसरी माङलाई पुकार्दै सेवा चढाएको माङको कानमा पुगोस, हाम्रो सेवा परमात्मार् इश्वरको काखमा लीन होओस भनेर सेवा चढाएका हौं । यो सेवा त्यसै हामीले गरेका होइनौं, साम्याङवा लिङे, युप्पावा लिङे, थाकथाकुम लिङदेनहाङमा फाल्गुनन्द लिङदेनहाङमाको माङइघङ अनुरुप सेवा पूजा चढाएको छौं ।"       

यसरी सेवा गर्दा आकाश, धर्ती, हावा, पानी, आगो, जल लगायत सम्पुर्ण चराचरलाई साम्जिक मुन्धुम अनुसार जगाउनु पर्छ । यस मुन्धुमलाई (माङलाक फोङमा साम्जिक मुन्धुम ) भनिन्छ । यस मुन्धुमलाई यसरी वाचन गरिन्छः-

B01

उल्लेखित मुधुम वाचन गर्दै माङलाक फोङमा सेवा पूजा गर्नु पर्छ ।यसरी तागेरा निङवा-भू माङका हरेक स्वरुपहरु अर्थात माङतत्वहरुको उठान गरिसकेपछि ती माङनाराहरुको कुसाङ सेमा गर्नुपर्छ । कुसाङसेमा मुन्धुम वाचन गर्नु पुर्व माङलाक फोङमा मुन्धुम वाचन गरिसकेको हुनुपर्दछ । माङलाक फोङमा मुन्धुम वाचन नगरि कुसाङसेमा गर्नु हुँदैन । त्यो कुरा चाहीं हामीले ख्याल गर्नुपर्छ । किरात साम्जिक मुन्धुममा कुसाङसेमा मुन्धुम जम्मा जम्मी २८ अध्यायमा विभाजन गरिएको हुन्छ । यस मुन्धुमलाई वाचन गरी संसारमा रहेका महापञ्चभूत अर्थात पञ्चतत्वको र सम्पुर्ण नाग-नागेनी, तेत्तिसकोटी देवी-देवतालाई सेसे-साङसाङ अर्थात कुसाङसेमा गरिन्छ । यसरी कुसाङसेमा गर्दा जुन मुन्धुम वाचन गरिन्छ । त्यस मुन्धुमलाई कुसाङसेमा साम्जिक मुन्धुम भनिन्छ । यस मुन्धुमलाई यसरी वाचन गरिन्छः-

C01

यस मुन्धुमलाई वाचन गरिकेपछि पुनः तीन पटक माङसेवा गर्नुपर्छ ।       

जब सेवा चढाइ सकिन्छ तब माङवाजा गाजा बजाउने समय हुन्छ । थानमा राखिएको शङख, डमरु, झयाम्टा एकतारे, घण्टी, त्रिशुल, चिम्टा, फुङपित, हात हतियार आदि इत्यादिको शक्ति जगाई जोडले माङवाजा गाजा बजाउनु पर्छ । यी सामग्रीहरुको शक्ति जगाउँदा हरेक सामानहरुको शक्ति मुन्धुम अनुसार जागोस भनेर मुन्धुम वाचन गरिन्छ । प्रत्येक सामगीको आ-आफनै शक्ति (मुक्) जगाउने मन्त्र हुन्छ । त्यस मुन्धुमलाई माङ चिगक्वा मुन्धुक्मा मुन्धुम भनिन्छ । त्यो मन्त्र किरात साम्जिक मुन्धेम भाग-१, को कुसाङसेमा मुन्धुममा उल्लेख गरिएको हुन्छ । त्यही मुन्धुम वाचन गरी सुनपानी, अक्षेता, पाती, फूलले पुजेर जोडले माङसँग प्रार्थना गर्नु पर्छ ।       

माङसेवा (सेवा पूजा) को यो चरणमा आइपुगिसकेपछि बल्ल तागेरा निङवा-भू माङ -परम-परमात्मा र्इश्वर सँग प्रार्थना चर्ढाई वरदान माग्ने काम शुरु हुन्छ । माङसमक्ष आफनो सेवालाई पुरयाउने अवस्थामा वाचन गरिने मुन्धुमलाई तानछो-युनछो  साम्जिक मुन्धुम C02 भनिन्छ । यस मुन्धुमको ४२ अध्याय हुन्छ । यसरी ४२ अध्यायमा विभाजित तानछो-युनछो मुन्धुममा यसो भनिएको छः-

D01

यही मुन्धुमलाई वाचन गर्दै लगेर माङसँग वरदान, सिद्धि,, शक्ति, आयु, वरदान माग्ने गरिन्छ । यसरी आयु वरदान माग्दा निम्नानुसार मुन्धुम वाचन गर्नु पर्छः

D02

यसरी माङसेवा मुन्धुम वाचन गरिसकेपछि पुनः एकपटक माङसेवा गनुर्ृपर्छ । त्यसपछि पुनः कुसाङसेमा सेवा गर्नु पर्छ । कुसाङसेमा गर्ने कार्य सँग-सँगै भए पनि बाजा गाजा जोडले बजाउँनु पर्छ ।       

यसरी किरात हाङसाम साम्यो अनुसार प्रातकालिन सेवा, दिवाकालिन सेवा र सँध्याकालिन सेवा सम्पन्न गरेपछि माङखाप्पुलाई मन्त्रले सिद्ध गर्राई निधारमा लगाउने गर्नुपर्छ । निधारमा टल्काई माङखाप्पु लाउनुको पनि आफनै धार्मिक कथन छ । यसको मन्त्र जप्नको निमित्त किरात साम्जिक मुन्धुम भाग-१, मा उल्लेख गरिएको छ । जसलाई माङखाप्पु -विभुती) मुन्धुक्मा मुन्धुम भनिन्छ ।

नोटः माङखाप्पु (विभूती ) मुहिगुम अङसिमाङ सोयेम आफैले लगायेत माङसेवासाबाहरू मिलेर १०८ जातका बृक्षका काठहरू, १०८ मुन्धुमहरू, १०८ पटक मुन्धुम जपतप र अन्त्यमा हाङसाम थेबाले चरूपोलेको ठाउँको खरानि मिसाएर बल्ल माङखाप्पु बन्ने छ ।

।। सेवारो।।

दिनाङकः २०६४ साल फागुन २ गते, बाँझो-९, माङसेबुङ, इलाम ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 82 guests and no members online