Header07.jpg
Mewanambin

Mewanambin

माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार, ६ः२४ बजे बेलुकी
पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ बिच भएको माङसेबुङ खेल मैदानमा ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङले कप उचाल्न सफल भएको छ । 

यहि मिति २०७१ फाल्गुन १३ गते खोटाङ र भोजपुर जिल्लाको सिमाना अवस्थित ऐतिहासिक मेरुङ डाडामा किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेनज्यूहरुको देव उपस्थितिमा किरात मुन्धुम अनुसार महायज्ञ अष्टहवन (येत नाम्धुङ लाधुङ सेमि सेवा) सु–सम्पन्न हुन गइरहेकोले यस सेवामा सम्पूर्ण धर्मावलम्बी भक्त्तजन धर्मास्थावन उद्योगी व्यापारी, सन्त महन्त, पत्रकार, कलाकार साथै विभिन्न राजनैतिक दलहरुमा यसै सुचनालाई आधारमानी आफुले चढाइने दान भेटी सहित कार्यक्रममा उपस्थित भइदिन हुन सबिनय अनुरोध गरिन्छ ।

धार्मिक पर्यटकीय स्थल माङसेबुङमा आउनुहोस् ।
मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देन ५९औं शुभ-जन्मोत्सवमा सहभागी बन्नुहोस् । सबैमा हार्दिक-निमन्त्रणा दश्रद्धालु भक्तजन महानुभावहरु, किरात धर्मावलम्बीहरुको धार्मिक तिर्थस्थल एवम् पर्यटकीय स्थल माङसेबुङमा सदाझैं किरात धर्मावलम्बीहरुको महान् आस्थामा विराजमान, ममतामयी किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनज्यूको ५९औं शुभ जन्मोत्सवको आयोजना गरिएको छ ।

हङकङ / आइतबार, 18 Jan 2015
हङ्कङ बासी किराँत धार्मिक भक्तजनहरु माँझ किराँत चाड कक्फेक्वा तङनामको उपलक्षमा वनभोज (ड्रार्इ पिकनिक) किराँतधर्म कृषी समिति हङकङको आयोजनामा चुनमुनको बटरफ्लार्इ बिचमा आइतबार, माघ ४ गते २०७१ मा भव्यताका साथ मनाए ।

अक्सफोर्न्ड / कार्तिक ३० गते, आइतबार, २०७१ बेलायत
Oxford. Sunday, 16 November 2014
काउली कन्जरभेटिभ क्लब, अक्सफोर्न्डमा किराँत चाड मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको १३० औं जन्मजयन्ती किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा भव्यताका साथ सम्पन्न भएको छ ।

क्वालालम्पुर / मंगलबार, कार्तिक,  २५ गते २०७१, मलेशिया
राष्ट्र बिभुती महागुरू फाल्गुनन्द लिङदेन कॊ १३० औं जन्म जयन्ती आज मलेशिया कॊ राजधानी कॊताराया परदेशी हॊटलमा किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति मलेसियाको आयोजनामा सम्पन्न भयेकॊ छ ।

आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।

स्विन्डन, बेलायत /शनिबार, ४ अक्टोबर २०१४,
गत ४ अक्टोबर २०१४ का दिन किरात धर्म तथा साहित्य उत्थान संघ सयुक्त अधिराज्य (युके)को प्रथम महाधिवेशन स्वीडनको बुकहष्ट कम्युनिटी हलमा सम्पन्न भएको छ ।

माङसेबुङ / इलाम, नेपाल, बुधबार, ०१ गते असोज २०७१
किरात धर्म गाउँ जागरण अभियानको धार्मिक प्रचार प्रसार ४ सदन घुम्ति टोलीहरूले भाद्र ४ गते देखि - असोज ०१ गते सम्ममा ताप्लेजुङ र पाँचथर जिल्लाको सम्पुर्ण गाउँ बिकाश समितिमा धार्मिक कार्यक्रम सम्पन्न गरेका छन् ।

माङसेबुङ / इलाम, नेपाल, आर्इतबार, २२ गते भाद्र २०७१
किरात धर्म गाउँ जागरण अभियानको धार्मिक प्रचार प्रसार ४ सदन घुम्ति टोलीहरूले भाद्र ४-२१ गते सम्ममा ताप्लेजुङ जिल्लाको सम्पुर्ण गाउँ बिकाश समितिमा धार्मिक कार्यक्रम सम्पन्न गरेका छन् ।

Page 2 of 4

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 38 guests and no members online