www.mewanambin.com - www.mewanambin.com - खेलकुद समाचार https://mewanambin.com Sun, 18 Aug 2019 21:40:24 +0800 Joomla! - Open Source Content Management en-gb कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ पवित्राहाङमा रनिङ गोल्ड कप उचाल्न सफल भएको छ । https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/173-2015-02-14-12-53-00 https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/173-2015-02-14-12-53-00 फोटः आन्छुमे नशान, माङसेबुङ ।

माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार, ६ः२४ बजे बेलुकी
पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ बिच भएको माङसेबुङ खेल मैदानमा ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङले कप उचाल्न सफल भएको छ । 

बिभिन्न खेलकुदहरूको प्रतियोगिता लट्ठा तान्ने, माराथुन देोड, म्यूजिकल मेच, छेलो हान्ने, हाँडि फुटाउने जस्ता अतिरिक्त खेलहरू सम्पन्न भएको छ। कर्णसिं सोनाम स्मृति यूबा क्लबले ताप्लेजुङ फेरी पनि लट्ठा तान्नेमा बिजयी प्राप्त गरेको समाचार छ ।

]]>
lawotipadam@gmail.com (Mewanambin) खेलकुद समाचार Sat, 14 Feb 2015 20:40:19 +0800
कसले उचाल्ला कप । https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/172-2015-02-14-11-40-56 https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/172-2015-02-14-11-40-56 फोटः आन्छुमे नशान, माङसेबुङ ।

माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार
जारी पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगितको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ दिनको २ बजेदेखि माङसेबुङ खेल मैदानमा आमने सामने हुँदै छन्  । ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कसले उचाल्ने भन्नेमा यतिबेला विभिन्न अड्कलबाजी चलिरहेको छ । 

कपको दर्बिलो दाबेदारीको रुपमा लिइएको न्यू स्टार अन्डर १४ राष्ट्रिय टोलीका दुई खेलाडीसहित मैदान उत्रदैँ छ । न्यू स्टारका कोच विरोज मगर कप उचाल्नेमा निर्धक्क छन् । उनमा अन्डर १४ राष्ट्रिय टोलीका कप्तान सरु सुब्बामा पूरापूर भर छ । उनी भन्छन्, ‘हामीसँग अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव भएका खेलाडी छन् । खेल जित्नेमा ९० प्रतिशत विश्वस्तछु ।’ उनको भनाई विश्वास गर्नका लागि न्यू स्टारसँग राष्ट्रिय टोलीका गोल रक्षक सम्झना बस्नेत, अन्डर १५ राष्ट्रिय टोलीका खेलाडी अस्मु लिम्बू पनि छन् । साथै पूर्वाञ्चल टोलीका खेलाडीहरुको बर्चश्व छ ।

उता कपका अर्का दाबेदार टिम कर्णसिं पनि अन्डर १४ का र पूर्वाञ्चल टोलीका खेलाडीसहित मैदानमा उत्रदैँ छ । कर्णसिंसँग पनि अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेकी अनुसा थेबे र छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुको बर्चश्व छ । टोलीका कप्तान छम्बु गुरुङ भन्छिन्, ‘खेलमा यसै भन्न सकिन्न । तर, कसरी खेल जित्ने भन्ने रणनीति हामीले बनाएका छौं ।’ 

दुवै टोली पहिलो चरणमा बाई पोलमा रहेकाले सिधै सेमी फाइनलमा प्रवेश गरेका थिए । न्यू स्टारले राष्ट्रिय टोली, विभागीय टोलीका खेलाडी सहभागी भएको टिम फाल्गुनन्द बोर्डिङ स्कूललाई ३–१ को अन्तरले स्तब्ध पारेर उच्च मनोबल बटुलेको छ । उसले राष्ट्रिय टोलीका कप्तान मन्कु लिम्बूले नेतृत्व गरेको टोलीलाई अप्रत्यासित रुपमा प्रतियोगिताबाट पाखा लगाएको थियो । उता कर्णसिंले पनि राम्रा खेलाडीहरु सम्मिलित आयोजक बीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै राम्रो लयमा प्रदर्शन गरेको छ । शारीरिक रुपमा बलिया देखिएको कर्णसिं टेक्निकल रुपमा राम्रो न्यू स्टारबीच कस्तो परिणाम आउने हो यसै भन्न सक्ने अवस्था छैन ।

शुरुदेखि नै खेल हेरिरहेको कविन लाओती ताप्लेजुङले जित्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘सेबेन साइजको खेल मैदानमा पावर गेम टेक्निकल भन्दा भरपर्दो हुन्छ । ताप्लेजुङसँग पावर गेम छ ।’ तर, कल्पना साउदेन भने न्यू स्टारले कप उचाल्नेमा निर्धक्क छन् । मोरङसँग टेक्निकल खेल रहेको उनको दाबि छ ।

]]>
खेलकुद समाचार Sat, 14 Feb 2015 19:37:33 +0800
पवित्रहाङमा साँबा रनिङ गोल्ड कपको पाँचौ संस्करण शुरु । https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/169-2015-02-10-09-16-00 https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/169-2015-02-10-09-16-00 फोटः आन्छुमे नशान, माङसेबुङ ।

वि.सं. २०७१ माघ २५ आइतबार
माङसेबुङ/मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ५९औं जन्मोत्सवको अवसरमा आयोजित महिला फूलबल पवित्रहाङमा साँबा रनिङ गोल्डकपको पाँचौं संस्करण आजदेखि शुरु भएको छ ।

आज सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन फाल्गुनन्द बोर्डिङले आयोजक ए लाई १३–० गोल अन्तरले पराजित गरेको छ । राष्ट्रिय टोली र पूर्वाञ्चल टोलीका खेलाडीहरुको बर्चश्व रहेको फाल्गुनन्दले पहिलो हापमा २ गोलको अग्रता लिएको थियो । दोस्रो हापमा निरिह आयोजक टोलीमाथि १२ गोल भएको थियो । फाल्गुनन्दका लागि संरचना प्रधानले ५, मधु मुखियाले ४, दीपा न्यौपाने २, मुना लिम्बूले १ र मेका खजुमले १ गोल गरेका थिए ।

खेलमा ताप्लेजुङ, मोरङ, इलामका ६ वटा टिम सहभागी छन् । सहभागी टिमहरुमा कर्णसिं यूवा क्लब, ताप्लेजुङ, सुर्के स्र्पोटिङ क्लब मंगलबारे, इलाम, फाल्गुनन्द बोर्डिङ स्कूल, माङसेबुङ र आयोजकको ए र बि रहेका छन् ।

गोल्डकपको फाइनल खेल फागुन २ गते माङसेबुङ खेल मैदानमा हुने किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष राजेन्द्र खजुमले जानकारी दिनुभएको छ । पवित्राहाङमा गोल्डकपको विजेताले कपसहित ५०,०५९ रुपैयाँ र उपविजेताले कप र ३०,०५० रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २,५५९ र सर्वाधिक गोलकर्ताले २,५५९ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

अङसीमामाङको जन्मोत्सवमा फूटबलका साथै म्याराथुन, खप्पी, ज्याबलिङ थ्रो, हाँडी फूटाउने, छेलो, धनुकाँड, म्जुजिकल चियर र लठ्ठा तान्ने खेलहरु रहेका छन् ।

]]>
खेलकुद समाचार Tue, 10 Feb 2015 17:11:31 +0800
आत्मानन्द लिङदेन रनिङ गोल्डकप फुटबलमा एफसी स्याबरुम्बालाई उपाधि । https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/100-2014-03-10-09-23-53 https://mewanambin.com/index.php/en/news/2011-07-20-04-50-03/item/100-2014-03-10-09-23-53 आत्मानन्द लिङदेन रनिङ गोल्डकप फुटबल ट्रफि ।
दमक, झापा, नेपाल
इलामको बाँझोमा भएको आत्मानन्द लिङदेन रनिङ गोल्डकप २०७० मंसिर १९ गते बुधबार भएको फुटबल प्रतियोगिताको उपाधि एफसी स्याबरुम्बाले जितेको छ ।

फाइनलमा स्याबरुम्बाले डिफेन्डिङ च्याम्पियन बीबीएफसी दमकलाई २-१ ले पराजित गर्दै उपाधि हात पारेको हो । मंसिर ७ बाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट गोलकिपर बीबीएफसीका मीनकुमार बस्नेत घोषित भए । स्याबरुम्बाका निश्चल शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर बढी गोल गर्ने बीबीएफसीका दीपेन राई पनि पुरस्कृत भए । उपाधि विजेतालाई १ तोला सुन र ५० तोला चाँदी जडित कपसहित ६० हजार रुपैयाँ प्रदान गरियो । उपविजेतालाई ३५ हजार ६० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०७० मंसिर २० गते ११ः२९

]]>
खेलकुद समाचार Fri, 06 Dec 2013 09:46:54 +0800