www.mewanambin.com - www.mewanambin.com - राष्टिय समाचार https://www.mewanambin.com Mon, 23 Oct 2017 04:39:12 +0800 Joomla! - Open Source Content Management en-gb आङसीमाङ ६२औं जन्मोत्वसव नोमाङगेन्ना समारोहको उद्घाटन https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/213-2015-12-04-13-58-01 https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/213-2015-12-04-13-58-01 आङसीमाङ ६२औं जन्मोत्वसव नोमाङगेन्ना समारोहको उद्घाटन

माङसेबुङ / शुक्रबार, मंसिर १८ गते २०७२
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा नामाङगेन्ना समारोहको समुद्घाटन पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको हस्तबहुलीबाट भएको छ । कार्यक्रममा विषेश अतिथि संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेल, प्रधानमन्त्रीको सल्लाहकार बशन्त नेम्बाङ सहभागीता रहेको छ ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले आफ्नो पहल र प्रयासले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्तीमा राष्ट्रिय विदा प्रदान गर्ने सरकारले निर्णय भएको बताउनु भएको छ । यसैगरी नेम्बाङले माङसेबुङलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफ्नो निरन्तर प्रयास रहेको बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा पर्यटन तथा नागरिक मन्त्री आनन्द पोखरेलले किरात धर्मगुरु किरातीहरुको मात्र गुरु नभएर समग्र नेपालीको गुरु हुनुभएको बताउनुभयो ।

जन्मोत्सव समारोहमा स्वदेश विदेशका हजारौं किरात धर्मावलम्बीहरुको सहभागिता रहेको छ । आज साँझ ६२ जना सेवासाबाहरुबाट अङसीमाङको नोमाङगेन्ना गरिने कार्यक्रम छ । नोमाङगेन्ना मुन्धुम वाचन पश्चात माङलाङ, केलाङ र किरात सांस्कृतिक कार्यक्रम रहेको छ । १९ गते किरात धर्मगुरुबाट धार्मिक प्रवचन र साँझमा सांस्कृतिक कार्यक्रम रहेको छ ।

सुब्बालाई आत्मानन्द लिङदेन साहित्य पुरस्कार माङसेबुङ
साहित्यकार उपेन्द्र सुब्बालाई आत्मानन्द लिङदेन साहित्य पुरस्कार प्रदान गरिएको छ । सुब्बालाई किरात धर्मगुरु मुहिङगुम लिङदेन ६२ औं जन्मोत्सवको अवसरमा पुरस्कार वितरण गरिएको छ ।

नोमाङगेन्नाको अवसरमा रक्तदान कार्यक्रम
किरात धर्मगुरुको ६२औं जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको अयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५० बढीले जनाले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक शक्तिकुमार साँबाले बताउनुभएको छ । रक्तदान कार्यक्रम व्यवस्थापन नेपाल रेडक्रस साखा बाँझो र विपि विज्ञान प्रतिष्ठान घोपा धरानको प्राविधिक सहयोगका सम्पन्न भएको छ ।

{phocagallery view=category|categoryid=24|limitstart=0|limitcount=0}

]]>
राष्ट्रिय समाचार Fri, 04 Dec 2015 21:43:57 +0800
खुसियालीमा दिपावाली फाल्गुनन्द प्रतिको https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/210-2015-11-19-17-29-53 https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/210-2015-11-19-17-29-53 खुसियालीमा दिपावाली फाल्गुनन्द प्रतिको

दमक, नेपाल / प्रकाशित मिति २०७२ मंसिर ३, 19 Nov 2015
फाल्गुनन्द जन्मजयन्तीको दिन कातिक २५ लाई राष्ट्रिय विदाको घोषणाको खुसियालीमा दमकको फाल्गुनन्द चौकमा माङलाङ केलाङ, दिवप्रज्वलन, हजारौंको संख्यामा उपस्थित । कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा,का पदाधिकारीहरुको साथमा, माताहत संस्था, साक्थिम्गेन, नालीफूङवा, थामेन्दीङमा, माङसेवासाबा, सुनुगेन थक्सुबा, किरात याक्थुङ चुम्लु दमक नगर समिति लगायतका प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।

]]>
damak_limbu@yahoo.com (Suman Lawoti) राष्ट्रिय समाचार Thu, 19 Nov 2015 23:09:56 +0800
कात्तिक २५ गते मुलुकका विभिन्न पाँच स्थानमा भएको माङसवारी सफलतापूर्वक सम्पन्न भयो https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/207-2015-11-14-05-25-00 https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/207-2015-11-14-05-25-00 कात्तिक २५ गते मुलुकका विभिन्न पाँच स्थानमा भएको माङसवारी सफलतापूर्वक सम्पन्न भयो

माङसेबुङ / वि.सं. २०७२ कार्तिक २६ बिहिबार
किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते मुलुकका विभिन्न पाँच स्थानमा भएको माङसवारी सफलतापूर्वक सम्पन्न भयो।

सो माङसवार टोलीमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देन, गुरुपुत्रद्वय इक्साहाङ लिङ्देन र नाम्बिनहाङ लिङ्देनका साथमा माङसवारी प्रमुख केहरसिं योङहाङ, किरात धर्म मिडिया प्रमुख माङमिङसोहाङ लिङ्देन, गुरु स्वास्थ्य निरीक्षक खगेन्द्र लिङ्देन, गुरु सुरक्षा प्रमुख भगतबहादुर एभेङ एवं सुरक्षाकर्मीहरु मनोज नेम्बाङ र डिल्ली खालिङ साथमा हुनुहुन्थ्यो।

बिहान पान्थर रवीको तीनदोभानेमा गुरु दम्पत्तीबाट मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको शालीक अनावरण गर्नुका साथै आशीर्वचन दिनुभएको थियो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन १३१औं जन्मजयन्तीको केन्द्रीय कार्यक्रम रहेको सो कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली दम्पत्तीको उपस्थिति रहेको थियो।

निर्धारित समयभन्दा करिब डेढ घण्टा बढी समय माङसवारीमा नै बितेको रबीको सो कार्यक्रम पछि झापाको शान्तिनगर, टिमाइस्थित कार्यक्रममा माङसवार भयो। सो स्थानमा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पूर्ण कदको शालीक गुरु दम्पत्तीबाट अनावरण, माङहिममा र दिप प्रज्वलन र छोटो आशीवर्चन दिनु भयो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। माङसवार टोलीको जलपानसमेत भएको सो कार्यक्रम पूर्व कानुनमन्त्री नरेन्द्रविक्रम नेम्बाङले उद्घाटन भएको थियो।

दोस्रो सो कार्यक्रमपछि मोरङको लेटाङभोगटेनीस्थित कार्यक्रममा माङसवार भयो। सो कार्यक्रमस्थलमा रिबन काट्नुहुँदै अङसीमाङ दम्पत्तीबाट चोत्लुङ खडा, नयाँ बनिने माङहिमको स्वरुप र स्थानको शिलान्यास, किरात हाङसाम माङहिममा दीप प्रज्वलन, लाधुङसेमी ताक्तेनमा चरु, छोटो आशीर्वचन र जलपान भएको थियो। अङसीमाङ दम्पत्तीमा आयोजक समितिले अभिनन्दन चढाएको थियो।

चौथो कार्यक्रम मोरङकै वाराडगीको सिमानामा माङसवार भयो। अङसीमाङ दम्पत्तीबाट त्यहाँको किरात हाङसाम माङहिममा दीप प्रज्वलन, कार्यक्रम उद्घाटनको दीप प्रज्वलन र छोटो आशीर्वचन भएको थियो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। समय अभावका कारण यो कार्यक्रम छोटो हुन पुगेको थियो।

माङसवारको अन्तिम कार्यक्रम मोरङकै पाटिको कुमाल भएको थियो। कार्यक्रम स्थलमा रिबन काटेर अङसीमाङ दम्पत्ति प्रवेश गर्नुहुँदै किरातेश्वर हाङसाम फाल्गुनन्द माङहिममा अखण्ड दीप प्रज्वलन, लाधुङसेमी ताक्तेनमा चरु, किरात चोत्लुङ खडा, कार्यक्रमको समुद्घाटन र छोटो आशीर्वचन दिनु भएको थियो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। समय अभावका कारण यो कार्यक्रम छोटो हुन पुगेको थियो।

आयोजक
मुहिगुम अङ्सिमाङ फाल्गुनन्द लिङ्देन ज्युको १३१ औँ जन्मजयन्ति मुल समारोह समिति माङसेबुङ, र्इलाम, नेपाल
{phocagallery view=category|categoryid=21|limitstart=0|limitcount=0}

]]>
राष्ट्रिय समाचार Fri, 13 Nov 2015 13:22:00 +0800
फाल्गुनन्दको जन्म जयन्ती मनाउन हेलिकप्टरमा पाँचथर पुगे ओली, कार्तिक २५ लार्इ सार्वजानिक विदा घोषणा गरे https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/205-2015-11-13-11-27-15 https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/205-2015-11-13-11-27-15 फाल्गुनन्दको जन्म जयन्ती मनाउन हेलिकप्टरमा पाँचथर पुगे ओली, कार्तिक २५ लार्इ सार्वजानिक विदा घोषणा गरे

पाँचथर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
पेट्राेलियम पदार्थ अभवामा नेपालीको जनजीवन कस्टकर बनिरहेको बेला प्रधानमन्त्री केपी ओली बुधबार हेलिकप्टर चढेर पाँचथर पुगे । प्रधानमन्त्री अाेली धार्मिक गुरु फाल्गुनन्दको १ सय ३१ औं जन्मजयन्ती समारोहमा सहभागी हुन गएका थिए।

falgunanda statute opening

मुलुकमा इन्धनको चरम अभाव भए पनि प्रधानमन्त्री ओलीले भने नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि अाफू निकटस्थ मन्त्री र प्रधानसेनापति समेत सँगै लिएर गएका ओलीले फाल्गुनन्दको जन्म जयन्तीको दिन सार्वजनिक विदा दिनेसमेत घोषणा गरे।

]]>
राष्ट्रिय समाचार Wed, 11 Nov 2015 19:19:00 +0800
सभामुखलाई सँस्थागत बधाई https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/202-2015-11-02-10-31-29 https://www.mewanambin.com/index.php/en/news/2011-07-20-03-30-35/item/202-2015-11-02-10-31-29 सभामुखलाई सँस्थागत बधाई

काठमाडौ / आइतबार, १५ कात्तिक २०७२
सभामुखलाई सँस्थागत बधाई:
संविधानसभा बाट संविधान निर्माण भए पछि ब्यबस्थापिका संसदले निर्वाचित गरेको प्रथम महिला सभामुख अोन्सरि घर्ती मगरलाई किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा केन्द्रीय समितिले बधाई तथा शुभकामना प्रदान गरेको छ।

समितिका अध्यक्ष केहेरसिं योङ्हाङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलामा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष नवीन लिङ्देन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङ्गेन्ना सेवा केन्द्रीय समितिका उपाध्यक्ष मुक्तिहाङ साँबा, महासचिव होम लिङ्देन, सचिव नन्दकुमार नेम्वाङ , सदस्य धनबहादुर फागो, डिल्लीमाया तुम्बाङ्फे, किरात धर्म तथा साहित्य उत्थान संघका पुर्व संगठन सचिव नरसिंह फागो र लिङ्देन युवा समाजका केन्द्रीय अध्यक्ष बिजयकुमार लिङ्देन सहभागी हुनुहुन्थ्यो ।

शुभकामना ग्रहण पश्चात् सभामुख अोन्सरिले धर्म गुरु अात्मानन्द लिङ्देन ज्यूले राष्ट्रिय बिभूती फाल्गुनन्द १३० अौँ जन्मजयन्ति पान्थर थोपेचङमा भारतको इन्धिरा गान्धीको उदाहरण दिँदै नेपालमा पनि मुलुक चलाउने जिम्मा महिलाको काँधमा अाउनेछ! भन्नुभएको कुरा स्मरण गर्नुहुँदै धर्म गुरुले समाजमा ब्याप्त बिकृतिलाई हटाएर मुलुकलाई ठुलो गुण लगाउनुभएको बताउनुभयो ।

]]>
राष्ट्रिय समाचार Sun, 01 Nov 2015 18:26:00 +0800