माङसेबुङ / शुक्रबार, मंसिर १८ गते २०७२
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा नामाङगेन्ना समारोहको समुद्घाटन पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको हस्तबहुलीबाट भएको छ । कार्यक्रममा विषेश अतिथि संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेल, प्रधानमन्त्रीको सल्लाहकार बशन्त नेम्बाङ सहभागीता रहेको छ ।
दमक, नेपाल / प्रकाशित मिति २०७२ मंसिर ३, 19 Nov 2015
फाल्गुनन्द जन्मजयन्तीको दिन कातिक २५ लाई राष्ट्रिय विदाको घोषणाको खुसियालीमा दमकको फाल्गुनन्द चौकमा माङलाङ केलाङ, दिवप्रज्वलन, हजारौंको संख्यामा उपस्थित । कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा,का पदाधिकारीहरुको साथमा, माताहत संस्था, साक्थिम्गेन, नालीफूङवा, थामेन्दीङमा, माङसेवासाबा, सुनुगेन थक्सुबा, किरात याक्थुङ चुम्लु दमक नगर समिति लगायतका प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।
माङसेबुङ / वि.सं. २०७२ कार्तिक २६ बिहिबार
किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते मुलुकका विभिन्न पाँच स्थानमा भएको माङसवारी सफलतापूर्वक सम्पन्न भयो।
पाँचथर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
पेट्राेलियम पदार्थ अभवामा नेपालीको जनजीवन कस्टकर बनिरहेको बेला प्रधानमन्त्री केपी ओली बुधबार हेलिकप्टर चढेर पाँचथर पुगे । प्रधानमन्त्री अाेली धार्मिक गुरु फाल्गुनन्दको १ सय ३१ औं जन्मजयन्ती समारोहमा सहभागी हुन गएका थिए।
काठमाडौ / आइतबार, १५ कात्तिक २०७२
सभामुखलाई सँस्थागत बधाई:
संविधानसभा बाट संविधान निर्माण भए पछि ब्यबस्थापिका संसदले निर्वाचित गरेको प्रथम महिला सभामुख अोन्सरि घर्ती मगरलाई किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा केन्द्रीय समितिले बधाई तथा शुभकामना प्रदान गरेको छ।
माङसेबुङ नेपाल/ कार्तिक, ७ गते २०७२
किरातीहरको नोमाङगेन्ना सेवा तथा किरात धार्मिक पर्व मुबेक्वा सेवाको रुपमा आगामी मंसिर १८ गतेदेखि २० गतेसम्म बाँझो–९, माङसेबुङ इलाममा हुने समारोहलाई भव्यरुपमा सम्पन्न गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा १ हजार ५ सय ६२ सदस्यीय ‘‘मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह–२०७२ मुल आयोजक समिति गठन भएको छ ।
दमक नेपाल/शुक्रबार, ०६ कार्तिक २०७२
किरात धार्मिक पर्व
महागुरु फाल्गुनन्द जयन्तीको शुभकामना
दिन प्रतिदिन विश्वमा भयावह घटनाक्रम बढ्दो छ। कल्पनाभन्दा बाहिरका रोगहरुले, विविध तवरका दुर्घटनाहरुले अनि विभिन्न सोचले विभिन्न नाममा गरिएका संघर्षहरुले विश्व नै आक्रान्त, तनावपूर्ण अवस्थामा रहेको छ ।
दमक नेपाल/मंगलबार, २० गते २०७२
माङसेवुङ/सत्य, शान्ति र अहिंसाका प्रणेता किरात धर्म दर्शनदाता तथा नेपालको १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३१ औं जन्मजयन्ती किरातीहरुले किरात धार्मिक पर्वको रुपमा संसारभर मनाउने तयारी गरिरहेका छन ।
काठमाण्डौ / शुक्रबार, १५ असोज, २०७२
किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन १३१औं जन्मजयन्तीको तयारी विभिन्न स्थानमा सुरु भएको छ।
दमक, झापा / बुधबार, २७ गते साउन २०७२
सुमन लाओती
किरात धर्मावलम्बीको अगुवाइमा हिजो काकडभिट्टा देखि इटहरी सम्मको मोटर साइकल र्याली करिब ४ हजार भन्दा बढिको सहभागीता रहेको थियो । नेपाल को संविधानमा धर्म र पहिचान हटाएर हिन्दु राज्य स्थापित हुने भए पछि आन्दोलन चर्किएको हो ।
दमक/ २०७२ साल बैसाक २५ गते, शुक्रबार
हिजो बैसाक २४ को अवसरमा किरात धर्मावलम्बीहरुले शुभकामना आदान प्रदान साथै किरात चार्डको रुपमा मनाईको छ । सोही अवसरमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमाको सवारीमा झापाको दमक ३ स्थित बेल्डाँगी क्याम्पमा फाल्गुनन्द शालिक अनावरन सगै ८५ औ समाजसुधारको औपचारिक उद्धघाटन भएको थियो ।
दमक/वि.सं. २०७२ बैशाख २४ बिहिबार
मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनले मुलुकमा भर्खरै गएको विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ८५औं समाज सुधार दिवसको अवसरमा झापाको दमक नगरपालिका ३ स्थित किरात माङपोक्लुङ माङहिमको आयोजनामा भएको धार्मिक सभामा आशीर्वचन दिने क्रममा वहाँले यस्तो दुःख व्यक्त गर्नुभएको हो ।
भोजपुर-खोटाङ / फागुन १५ गते २०७१
किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा गुरुआमाको खम्बुवानको एतिहासिक स्थल भोजपुर र खोटाङको संगम स्थल मेरुङ डाडामा १३ गते फागुन २०७१ देव सवार किराँत खाम्सोसेहाङ खम्बू सयङको आयोजनामा सम्पन्न भएकोछ ।
माङसेबुङ / वि.सं. २०७१ फागुन ०४ सोमबार
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ५९औं जन्मोत्सव माङसेबुङमा साथै देश विदेशमा किराँत धर्मावलम्बीहरुले विभिन्न कार्यक्रमका साथ जन्मोत्सव सम्पन्न गरेका छन् ।
We have 34 guests and no members online