Kathmandu:-
Header09.jpg
Saturday, 24 October 2015 17:55

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को ६२औं शुभजन्मोत्सवको भव्य तयारी Featured

Written by
Rate this item
(1 Vote)

माङसेबुङ नेपाल/ कार्तिक, ७ गते २०७२
किरातीहरको नोमाङगेन्ना सेवा तथा किरात धार्मिक पर्व मुबेक्वा सेवाको रुपमा आगामी मंसिर १८ गतेदेखि २० गतेसम्म बाँझो–९, माङसेबुङ इलाममा हुने समारोहलाई भव्यरुपमा सम्पन्न गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा १ हजार ५ सय ६२ सदस्यीय ‘‘मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह–२०७२ मुल आयोजक समिति गठन भएको छ । 

सो समितिको सहसंयोजकमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम रहनुभएको छ । स्रोतले जानकारी दिनुभएअनुसार समारोहको तयारी गर्न तथा सफल पार्न विभिन्न ४२ वटा उपसमिति गठन भएको जानकारी प्राप्त भउको छ । । मुल आयोजक समितिमा माङगेन्ना र संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, माङगेन्ना मातहत समितिका पदाधिकारी तथा सदस्यहरु, यस्तै, माङगेन्ना, संघ, माङगेन्नाका मातहत समितिका जिल्ला तथा गाउँ समितिबाट र भक्तजनहरु पनि आयोजक समिति रहन सक्ने व्यवस्था रहेको छ ।

वि.संं. २०११ मंसिर १८ गते शुक्रबार इलामको इभाङ–५ चुक्चिनाम्बा, आगौटेबारीमा बुवा पून्यप्रसाद लिङ्देन र आमा श्याजिरी चेम्जोङको छोराको रुपमा जन्मावतराण हुनुभएका मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन आगामी मंसिर १८ गतोबाट ६२औं वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूरा गर्ने अभिभारा लिनुभएका वहाँको जन्मदिनमा २०३७ सालदेखि सावायेहाङ किरातको नोमाङगेन्ना सेवा गर्दै उत्सवको रुपमा मान्ने कार्य गरिँदै आइएको थियो । गएको वर्ष बैशाक २४ गते माङसेबुङमा आयोजित ८४औं समाज सुधार दिवसको अवसरमा किरात धार्मिक चाडपर्व घोषणा गर्ने क्रममा वहाँको जन्मावतरण दिनको अवसरमा मंसिर १८ गतेदेखि २० गतेसम्म चासोक मुबेक्वा सेवा ९उधौली पर्व० मान्ने घोषणा गरिएको थियो ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को ६२औं शुभजन्मोत्सव सफल पार्न उपसमिति र संयोजकको नामावली

१। कार्यक्रम अनुगमन उपसमिति
संयोजकः केहेरसिं योङहाङ
सहसंयोजकः डकेन्द्रसिं थेगिम
सदस्यहरु
जीबी याक्थुम्बा सेर्मा
मुक्तिहाङ साँबा
दुधबहादुर लाओती
होम लिङ्देन
कुलबहादुर लाओती
खड्ग साँबा
मनकुमार आङबुहाङ
विक्रम वनेम
नरकुमारी थलङ पाहिम

२। प्रमुख अतिथि निमन्त्रणा उपसमिति
संयोजकः केहेरसिं योङहाङ
सहसंयोजकः डकेन्द्रसिं थेगिम

३। देवसवारी सञ्चालन उपसमिति संयोजकः केहेरसिं योङहाङ
४। मञ्च निर्माण उपसमिति संयोजकः रुद्र पुलामी मगर, 
५। साउण्ड सिस्टम व्यवस्थापन उपसमिति संयोजकः हर्कवीर योङहाङ
६। बजार व्यवस्थापन उपसमिति संयोजकः कुलबहादुर लाओती
७। पञ्चकन्या व्यवस्थापन उपसमिति संयोजकः सुकमाया पोमु लुम्फुङवा
८। आत्मानन्द रनिङ गोल्डकप तथा विविध खेलकुद सञ्चालन उपसमिति संयोजकः किरात साम्यो हक्चात् यक्चुम
९। विविध सांस्कृतिक कार्यक्रम सञ्चालन, झाँकी प्रदर्शन तथा सांस्कृतिक मञ्च निर्माण उपसमिति संयोजकः किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो
१०। स्वयंसेवक परिचालन, कार्यक्रम प्राङ्गण घेराबार तथा भेषभूषा प्रदर्शन संयोजकः किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो
११। लाधुङसेमी सेवा, १ हजार ८ दियो–कलश तयारी, ६२औं माङगेन्ना मुन्धुम बाचनका लागि १६२ सेवासाबा तयारी व्यवस्थापन उपसमिति संयोजकः किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो
१२। खानेपानी व्यवस्थापन उपसमिति संयोजकः गजेन्द्र लाओती
१३। दाउरा व्यवस्थापन उपसमिति संयोजकः रामप्रसाद योङहाङ
१४। ढुवानी व्यवस्थापन उपसमिति संयोजकः दुधबहादुर लाओती
१५। फूलमाला तथा गमला व्यवस्थापन उपसमिति संयोजकः विष्णुमाया फुरुम्बो तुम्बाहाम्फे
१६। बाँस व्यवस्थापन उपसमिति संयोजकः मैतराज साँबा
१७। १०८ झण्डा रोपन तथा तोरण व्यवस्थापन उपसमिति संयोजकः मदन सिगु

१८। प्रचारप्रसार, सूचना सञ्चार तथा प्रकाशन उपसमिति
संयोजकः नन्दकुमार नेम्बाङ
सहसंयोजकः नबिन लिङ्देन
सदस्य सचिवः धनबहादुर फागो
सदस्यः आङबुहाङ अबोध अविरल

१९। छायाँकन तथा बृत्तचित्र निर्माण उपसमिति संयोजकः धनबहादुर फागो
२०। माङहिम रेखदेख तथा व्यवस्थापन उपसमिति संयोजकः मानबहादुर खपाङगी
२१। विद्युत् व्यवस्थापन उपसमिति संयोजकः हस्तबहादुर चेम्जोङ

२२। गेट निर्माण उपसमिति
संयोजकः आइतराज हाङगाम
सहसंयोजकः प्रताप फुरुम्बो

२३। माङलाङ ताक्मा तयारी उपसमिति संयोजकः अशोक सबेन्हाङ
२४। चरुभेटी संकलन, पटका तथा बेलुन व्यवस्थापन उपसमिति संयोजकः बलराम खजुम
२५। साहित्य थत सांगीतिक कार्यक्रम सञ्चालन उपसमिति संयोजकः जितेन पन्धाक
२६। कार्यक्रम तयारी तथा सञ्चालन उपसमिति संयोजकः होम लिङ्देन
२७। गुरु आश्रम जलपान व्यवस्थापन उपसमिति संयोजकः चक्रबहादुर लिङ्देन
२८। अतिथि जलपान व्यवस्थापन उपसमिति संयोजकः कमला तुम्बापो मिभक
२९। अतिथि जलपान मञ्च तथा कार्यकर्ता मञ्च निर्माण उपसमिति संयोजकः मोहन तुम्सा
३०। पत्रपत्रिका, पुस्तक बेचबिखन तथा अस्थायी शौचालय निर्माण उपसमिति संयोजकः रामकुमार आङबुहाङ
३१। लिपपोत, सरसफाई तथा फूलमाला तयारी उपसमिति संयोजकः किरात साम्यो थामेन्दिङ मा मुजोत्लुङ पान्जुम्भो
३२। सुरक्षा, पार्किङ तथा हेलिप्याड मैदान व्यवस्थापन उपसमिति संयोजकः किरात साम्यो सुनुगेन थक्सुबा मुजोत्लुङ पान्जुम्भो
३३। ब्याच तथा ब्यानर व्यवस्थापन उपसमिति संयोजकः मनकुमार आङबुहाङ

३४। स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति संयोजकः शक्तिकुमार साँबा
३५। जनसम्पर्क उपसमिति संयोजकः जीबी याक्थुम्बा सेर्मा
३६। गुरु निजी आश्रम संयोजकः गुरु निजी आश्रम कृषि समिति
३७। कार्यालय सञ्चालन उपसमिति संयोजकः अगम बान्तवा
३८। रिङरोड सरसफाई उपसमिति संयोजकः खड्ग योङहाङ
३९। किरात माङ सेवासाम्लो तयारी उपसमिति संयोजकः किरात साम्यो माङसिवाखाहुन सेवा साम्लो मुजोत्लुङ पान्जुम्भो
४०। धुनीकुण्ड तथ सेवा अनुगमन उपसमिति संयोजकः मनप्रसाद थङलङ
४१। देवी देउराली सेवा पूजा उपसमिति संयोजकः जोगदिल साम्सुहाङ
४२। मुजोत्लुङ माङहिमदेखि गुरु निजी आश्रमसम्मको तोरण तथा लिङ्गो व्यवस्थापन उपसमिति संयोजकः खड्गहाङ आङबुहाङ

Read 1485 times Last modified on Saturday, 24 October 2015 21:24

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 49 guests and no members online