समितिका अध्यक्ष केहेरसिं योङ्हाङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलामा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष नवीन लिङ्देन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङ्गेन्ना सेवा केन्द्रीय समितिका उपाध्यक्ष मुक्तिहाङ साँबा, महासचिव होम लिङ्देन, सचिव नन्दकुमार नेम्वाङ , सदस्य धनबहादुर फागो, डिल्लीमाया तुम्बाङ्फे, किरात धर्म तथा साहित्य उत्थान संघका पुर्व संगठन सचिव नरसिंह फागो र लिङ्देन युवा समाजका केन्द्रीय अध्यक्ष बिजयकुमार लिङ्देन सहभागी हुनुहुन्थ्यो ।
शुभकामना ग्रहण पश्चात् सभामुख अोन्सरिले धर्म गुरु अात्मानन्द लिङ्देन ज्यूले राष्ट्रिय बिभूती फाल्गुनन्द १३० अौँ जन्मजयन्ति पान्थर थोपेचङमा भारतको इन्धिरा गान्धीको उदाहरण दिँदै नेपालमा पनि मुलुक चलाउने जिम्मा महिलाको काँधमा अाउनेछ! भन्नुभएको कुरा स्मरण गर्नुहुँदै धर्म गुरुले समाजमा ब्याप्त बिकृतिलाई हटाएर मुलुकलाई ठुलो गुण लगाउनुभएको बताउनुभयो ।