सो माङसवार टोलीमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देन, गुरुपुत्रद्वय इक्साहाङ लिङ्देन र नाम्बिनहाङ लिङ्देनका साथमा माङसवारी प्रमुख केहरसिं योङहाङ, किरात धर्म मिडिया प्रमुख माङमिङसोहाङ लिङ्देन, गुरु स्वास्थ्य निरीक्षक खगेन्द्र लिङ्देन, गुरु सुरक्षा प्रमुख भगतबहादुर एभेङ एवं सुरक्षाकर्मीहरु मनोज नेम्बाङ र डिल्ली खालिङ साथमा हुनुहुन्थ्यो।
बिहान पान्थर रवीको तीनदोभानेमा गुरु दम्पत्तीबाट मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको शालीक अनावरण गर्नुका साथै आशीर्वचन दिनुभएको थियो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन १३१औं जन्मजयन्तीको केन्द्रीय कार्यक्रम रहेको सो कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली दम्पत्तीको उपस्थिति रहेको थियो।
निर्धारित समयभन्दा करिब डेढ घण्टा बढी समय माङसवारीमा नै बितेको रबीको सो कार्यक्रम पछि झापाको शान्तिनगर, टिमाइस्थित कार्यक्रममा माङसवार भयो। सो स्थानमा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पूर्ण कदको शालीक गुरु दम्पत्तीबाट अनावरण, माङहिममा र दिप प्रज्वलन र छोटो आशीवर्चन दिनु भयो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। माङसवार टोलीको जलपानसमेत भएको सो कार्यक्रम पूर्व कानुनमन्त्री नरेन्द्रविक्रम नेम्बाङले उद्घाटन भएको थियो।
दोस्रो सो कार्यक्रमपछि मोरङको लेटाङभोगटेनीस्थित कार्यक्रममा माङसवार भयो। सो कार्यक्रमस्थलमा रिबन काट्नुहुँदै अङसीमाङ दम्पत्तीबाट चोत्लुङ खडा, नयाँ बनिने माङहिमको स्वरुप र स्थानको शिलान्यास, किरात हाङसाम माङहिममा दीप प्रज्वलन, लाधुङसेमी ताक्तेनमा चरु, छोटो आशीर्वचन र जलपान भएको थियो। अङसीमाङ दम्पत्तीमा आयोजक समितिले अभिनन्दन चढाएको थियो।
चौथो कार्यक्रम मोरङकै वाराडगीको सिमानामा माङसवार भयो। अङसीमाङ दम्पत्तीबाट त्यहाँको किरात हाङसाम माङहिममा दीप प्रज्वलन, कार्यक्रम उद्घाटनको दीप प्रज्वलन र छोटो आशीर्वचन भएको थियो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। समय अभावका कारण यो कार्यक्रम छोटो हुन पुगेको थियो।
माङसवारको अन्तिम कार्यक्रम मोरङकै पाटिको कुमाल भएको थियो। कार्यक्रम स्थलमा रिबन काटेर अङसीमाङ दम्पत्ति प्रवेश गर्नुहुँदै किरातेश्वर हाङसाम फाल्गुनन्द माङहिममा अखण्ड दीप प्रज्वलन, लाधुङसेमी ताक्तेनमा चरु, किरात चोत्लुङ खडा, कार्यक्रमको समुद्घाटन र छोटो आशीर्वचन दिनु भएको थियो। आयोजकको तर्फबाट गुरु दम्पत्तीमा अभिनन्दन चढाइएको थियो। समय अभावका कारण यो कार्यक्रम छोटो हुन पुगेको थियो।
आयोजक
मुहिगुम अङ्सिमाङ फाल्गुनन्द लिङ्देन ज्युको १३१ औँ जन्मजयन्ति मुल समारोह समिति माङसेबुङ, र्इलाम, नेपाल