Kathmandu:-
Header08.jpg
Sunday, 17 July 2011 16:27

प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरवको १०औं वाषिर्क प्रतिवेदन । Featured

Written by तुम्बापो पुर्ण कुमार लिम्बू
Rate this item
(1 Vote)

येत्ले तङबे ५०६८, विक्रम संवत २०६४ इश्वी संवत २००८
समाचार सम्बाददाता जवेगु दिलिप लिम्वू, साउदी अरव दमाम, चैत्र १७ गते २०६४ ।

ओत तागेरा निङवाभुमाङे सेवारो । साम्याङवा लिङङे युप्पावा लिङङे, थाकथाकुमाङ लिङदेन फाल्गुनन्द रेन सिवाखाउन, मुहिगुम अङसीमाङ लिङदेन आत्मानन्द "र्सर्ेइङ" नु मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन रेन सिवाखाहुन आसेवारो ।

अध्यक्ष महोदय,संस्थाका पदाधिकारी मित्रहरु तथा उपस्थित संम्पुर्ण महानुभावहरु ! किरात धर्म दर्शनका महान दर्शनदाता एवं २० औं शताब्दीका महान युगपुरुष मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द ज्यूबाट प्रतिपादित किरात दर्शन तथा वर्तमान पूज्यनीय गुरु मुहिगुम अङसीमाङ लिङदेन आत्मानन्द "सेर्इङ" र गुरुमाता मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनद्घारा मार्ग निर्देशित किरात महामार्ग दर्शनलाई शिरोपर राखी आफ्नो भाषा, लिपि, संस्कृति, परम्परा, इतिहास, ऐतिहासिक आदि कुराहरुलाई उत्थान गर्नु हाम्रो परम कर्तब्य हो भनी योङहाङ जगत लिम्बूज्यूको सक्रिय पहलमा निजको संरक्षक रहने गरी सन १९९७ जनवारी २ मा शुरुवात गरी सन १९९८ मा वैधानिकता दिई यो संस्था खडा गरियो । यसै पर्रि्रेक्षमा स्वादेश तथा विदेशको विभिन्न भूभागमा प्रतिकुल र अनूकुल परिस्थितिलाई मध्यनजर राख्दै संम्पुर्ण खाडी मुलुकमा यसैको माध्यमबाट प्रतिनिधित्व गर्ने गराउने गरी स्थापना गरिएको यो एउटा सामाजिक संस्था हो ।

संम्पुर्ण विश्व मानव किरात धर्मालम्बीहरुको सामुदायिक एकता तथा प्रवासमा एक आपसमा पारस्परिक सहयोग एवं सदभाव कायम राख्दै सिङगो किरात समुदायको पहिचान बनाई राख्नु विश्व मानव एक प्रवासीहरुको साझा चौतारी प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरब स्थापना भई १० वर्ष आफ्नो कार्यकाल गुजारी सकेको ब्यहोरा जानकारी अवगत गराउँछु । यस संस्थाको जन्म दिई हालका दिनहरुमा आफ्नो अमूल्य समय र सुझाव दिईरहनु हुने संस्थापक योङहाङ जगत लिम्बू र विगत समितिका संम्पुर्ण पदाधिकारी महानुभावहरुको योगदानलाई कदर गर्दै यो संस्था उहाहरुप्रति विशेष आभार प्रकट गर्दछु । यो संस्थाको विधान २०५७ लाई परिस्थिति अनूकुल केही बुधाहरु थपघट गर्नुपर्ने हुँदा २०६१, २०६२, २०६३ र २०६४ गरी जम्मा चार पटक संशोधन गरिएको छ ।

यो संस्थाले स्थापना कालदेखि हालसम्म ५०० जना भन्दामाथि आजिवन सदस्य र ५६१ जना क्रियाशिल सदस्य सहित औपचारिक रुपमा ११८ पटक र आकस्मिक २२ पटक गरी जम्मा१४०पटक पर्ूण्ा वैठक संम्पन्न गरेको छ ।यसको साथै साउदी अरब लगायतअन्य खाडीमुलुकहरुमा रहनु भएका संम्पर्ूण्ा नेपाली दाजुभाई एवं दिदीवहिनीहरुलाई यहाँ रहदा बस्ता भईपरी आउने ब्यक्तिगत एवं सामुहिक समस्याहरुलाई समाधानको लागि यो संस्थाले विशेष भूमिका गर्दै ल्याएको छ । हालसम्म ११ जातीहरु समेटी साउदी अरबको दम्माम, रियाद, हाईल, अलकासिम, अलहासा, अलखार्ज, दबाशिर, खामिस, अब्बा, अलखोबार, जेद्घा, जुबेल, अबकेक, तारुक जस्ता ठाँउहरुमा सदस्यहरु रहेका छन ।

आजको यो गौरवमय क्षणलाई यस संस्थाले साउदी अरबमा रहनु हुने संम्पुर्ण किराती महानुभावहरु एवं गैर किराती महानुभावहरुको महत्वपर्ूण्ा अविस्मरणीय दिन मान्दै यस संस्थाको १० वर्षो कार्यअवधिमा संस्थाको प्रगति एवं लक्ष्यप्रति आफ्नो प्रतिबद्घता देखाई सहयोग पुरयाउनु हुने संम्पुर्ण महानुभावहरुमा यो प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरब हार्दिक आभार ब्यक्त गर्दै भविश्यमा पनि यस संस्थाप्रति यहाँहरु सबैको निरन्तर सहयोग र समन्वयन अपेक्षा गर्दछ ।

अध्यक्ष महोदय, यस संस्थाले विभिन्न आरोह अवरोहहरु पार गर्दै आफ्नो १० बर्षो कार्यकाल पूरा गरेको छ । यस १० औं वार्ष्र्िक उत्सव सभा समक्ष म संस्थाले गरेको र आगामी दिनमा गरिने लक्षित्त कार्यक्रमहरुको तर्जुमा संम्बन्धमा यहाँ सविस्तार वर्णन गर्न चाहान्छु ।

यस संस्थाले १० वर्ष भित्र सम्पन्न गरेका कार्यक्रमहरु -

१) र्सवप्रथम सन१९९७ जनवारी २ मा संस्था शुरु गरी संस्थाको कार्यक्रम अगाडि सारयो ।

२) मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द जन्मजयन्ती कार्तिक २५ गते, मुहिगुम अङसीमाङ लिङदेन आत्मानन्द "सेर्इङ" ज्यूको पोङगेन नोमागेन्ना सेवा मंसिर १८ गते, मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूको पोङगेन नोमागेन्ना सेवा फाल्गुन ३ गते लगायत विभित किरात चाड, पर्व,सेवा,पूजा आदि विधिबद्घ ढंगले गर्दै ल्याएको छ ।

३) मिति २०५७ माघ १० गतेमा किरात साहित्य उत्थान केन्द्रीय कार्यालयलाई आर्थिक सहयोग स्वरुप SR3,226/- उपलब्ध गराएको थियो ।

४)  मिति २०५८ आषाढ १ गते मा मुजोत्लुङ अङसीमागेन्ना सेवा समितिलाई माङहिम,पाटीपौवा आदि बनाउन SR13,007/- उपलब्ध गराएको थियो ।

५)  मिति २०५८ भदौ २५ गतेमा किरात साहित्य उत्थान केन्द्रीय कार्यालयलाई विविध उद्देश्यहरुलाई पुर्ति गर्न आर्थिक सहयोग स्वरुप SR5,432/- उपलब्ध गराएको थियो ।

६) मिति २०५९ असोज १० गतेमा मुजोत्लुङ अङसीमाङगेन्ना सेवा समितिले गरेको कार्यक्रमलाई र विविध उद्देश्यहरुलाई पर्ूर्ति गर्न आर्थिक सहयोग स्वरुप SR 9,407/- उपलब्ध गराएको थियो ।

७) मिति २०६० जेष्ठ १२  गतेमा मुजोत्लुङ माङहिम निर्माणको लागि आर्थिक सहयोग स्वरुप SR15,342/- र  ने.रु.१० उपलब्ध गराएको थियो ।

८) मिति २०६० बैशाष ११ गतेमा श्री बमशेर र्राई ज्यूलाई  निजको कम्पनी र उहँाबिच केही विषयमा असमझदारी भएको कारण प्रहरी प्रशासनको कार्वाहीमा पर्नु भएकोले निजलाई प्रशासनबाट छुटन र नेपाल घर जानको निम्ति सहयोग स्वरुप SR2000/- दिएको थियो ।

९) मिति २०६० जेष्ठ १ गतेमा मोरङ जिल्ला, टाँडी-५ बस्ने श्री धन बहादुर लिम्बूको कम्पनीमा काम गर्ने क्रममा मेशिनमा हात परी काटिन गएको तर कम्पनीले कुनै उद्घार नगरेको हुनाले निजको उपचार र नेपाल घर जादा SR17,700/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

१०) मिति २०६० आषाढ १५ गतेमा श्री डम्बर गौतमलाई उहाँको कम्पनीले राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै SR500/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

११) मिति २०६० श्रावण १ गतेमा श्री आईतराज लिम्बू ज्यूलाई आफ्नो कम्पनीले तलब नदिएको खण्डका बाबजुत उहाँ अन्तै काम गरिरहनु भएको समयमा प्रहरी प्रशासनमा पर्नु भएकोले उहाँलाई उद्घार गरी घर पठाउँदा आर्थिक सहयोग स्वरुप SR3,393/- उपलब्ध गराएको थियो ।

१२) मिति २०६० भदौ ५ गतेमा ताप्लेजुङ श्री उज्जलमान पङथाकलाई उहाँको कम्पनीले ३ वर्षम्म पनि तलब नदिएको दयानिय कुरा सहित सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै SR800/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

१३) मिति २०६० कार्तिक २० गतेमा म्याग्दी घर भएका श्री भिम मगरलाई उहाँको कम्पनीले राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै SR350/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

१४) मिति २०६१ पुष २८ गतेमा मोरङ जिल्ला,वाराङगी-७ घर भएका श्री भिम बहादुर लिम्बूलाई उहाँको कम्पनीले राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै SR300/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

१५) मिति २०६१ फाल्गुन ६ गतेमा किरात साहित्य उत्थान केन्द्रीय कार्यालय निर्माणको लागि आर्थिक सहयोग स्वरुप SR11081/- उपलब्ध गराएको थियो ।

१६) मिति २०६२ माघ १० गतेमा माङसेबुङ मेडिया सोर्साईटीलाई सप्तकोशी एफ.एम.मा किरात कार्यक्रम संचालन एवं प्रसारणको लागि आर्थिक सहयोग स्वरुप SR4700/- उपलब्ध गराएको थियो ।

१७) मिति २०६२ पुष ३ गतेमा माङसेबुङ चक्रपथमा वृक्षारोपनको लागि आर्थिक सहयोग स्वरुप SR1,000/- उपलब्ध गराएको थियो ।

१८) मिति २०६२ चैत्र २९ गतेमा मोरङ,पथरी घर भएका श्री गुरुङ ज्यूलाई उहाँको  कम्पनीले राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै SR150/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

१९) मिति २०६३ मंसिर २० गतेमा मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द १२२ औं जन्मजयन्ती कार्यक्रममा भक्तजनहरुलाई चिया,पानको लागि SR1,100/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

२०) मिति २०६३ मंसिर २६ गतेमा मोरङ जिल्ला, शनिस्चरे-५ घर भएकी श्रीमति देवी माया खवास यहाँ साउदी अरबमा गृहणीकार्यमा आएकी तर असुविधा, राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजकी अनुरोधलाई कदर गर्दै घर जानको लागि SR1,400/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

२१) मिति २०६३ मंसिर ३० गतेमा मोरङ जिल्ला, पाटी-९ घर भएको श्री चतुर बहादुर लिम्बूको आकस्मिक निधन भएकोले निजको घर परिवारलाई आर्थिक राहत स्वरुप  SR3,500/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

२२) मिति २०६३ माघ २९ गतेमा पाँचथर, लुम्फाबुङ-८ घर भएका श्री सम्बाहाङफे केरेन्द्र लिम्बू ज्यूलाई उहाँको  कम्पनीले राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै  SR151/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

२३) मिति २०६३ जेष्ठ १ गतेमा मोरङ, मधुमल्ला-४ घर भएका श्री डम्बर बुडाठोकी ज्यूलाई उहाँको  कम्पनीले भेडा गोठालामा काम लगाई राम्रो ब्यवस्था नगरेको भनी सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै  SR110/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

२४) सन २००६ नोवेम्बर ११ तारीखमा मुजोत्लुङ अङसीमागेन्ना सेवा समितिलाई आर्थिक संचालन सहयोग स्वरुप SR6,078/- उपलब्ध गराएको थियो ।

२५) मिति २०६३ मंसिर महिनामा यस प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरबले गरेका कार्य लगायत विभिन्न धार्मिक, सामाजिक, आध्यात्मिक, शैक्षिक एवं रोचक विषयवस्तुहरुलाई समेटी SR4,464/- लागत खर्च गरी "स्मारिका २०६३" प्रकाशन गरेको थियो ।

२६) मिति २०६३ माघ ८ गतेमा माङसेबुङ किरात भवन निर्माणको लागि आर्थिक सहयोग स्वरुप SR12,504/- उपलब्ध गराएको थियो ।

२७) मिति २०६३ मंसिर २९ गतेमार् इलाम जिल्ला,बाँझो-९ का ७ वर्षो श्री मनुहाङ कुरुम्बाङलाई देैवबस मुटुको क्यान्सर भ्एकाले दयानिय कुरा सहित सहगोगको लागि अनुरोध गर्नु भएकोले निजको अनुरोधलाई कदर गर्दै उपचारको लागि SR725/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो।

२८) सन २००७ मे १२ तारीखमा खोटाङ जिल्ला,लफ्याङ-८ घर भएको श्री र्सइन्द्र चाम्लिङ ज्यूको आकस्मिक दर्ुघटनामा निधन भएकोले निजको घर परिवारलाई आर्थिक राहत स्वरुप  SR4027/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

२९) मिति २०६३ चैत्र १८ गतेमा झापाजिल्ला, लखनपुर-५का श्री राम कुमार र्राई, मोरङ, पथरी-३ का श्री राम र्राई र म्याग्दी घर भएको श्री हेम बहादुर पुन ज्यूको आकस्मिक टयाक्सी दर्ुघटनामा निधन भएकोले निजहरुको घर परिवारलाई आर्थिक राहत स्वरुप  SR101/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

३०) सन २००७ अगस्ट ११ तारीखमा नेपालमा गएको प्राकृतिक प्रकोप बाढीपिडितलाई राहत सहगोग स्वरुप नेपालर् इमेज च्यानलद्घारा संचालित कोषमा  SR691/- आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

३१) मिति २०६४ कार्तिक २० गतेमा महिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द ज्यूको १२३औं जन्म जयन्तिको अवसरमा उपस्थित भक्तजन हरुलाई चिया पानको लागि SR700/- उपलब्ध गराइएको थियो ।

३२) मिति २०६४ कार्तिक २७ मा जिल्ला पाँचथर चोक्मागु लब्रेकुटीमा किरात धार्मिक कार्यक्रम हुँदा संम्बन्धित आयोजक कमिटीलाई आर्थिक सहयोग स्वरुप SR4,000/- उपलब्ध गर्राईएको थियो ।

३३) मिति २०६४ मंसिर १० गतेमा मुहिगुम अङसिमाङ लिङदेन आत्मानन्द "र्सर्ेइङ"ज्यूको ५३औं जन्मोत्सव कार्यक्रमको लागि SR530/- उपलब्ध गर्राईएको थियो ।

३४) मिति २०६४ पुष २९मार् इलाम माङसेबुङ स्थित माङहिममा सम्पन्न खिबेकवा याकवा धार्मिक सेवाको लागि सहयोग स्वरुप SR680/- उपलब्ध गर्राईएको थियो ।

३५) मिति २०६३ चैत्र १८ मा झापा, लखनपुर - ५ घर भएका चाम्लिङ राम कु. र्राई र म्याग्दी घर भएका हेम बहादुर पुन मगरको टक्सी र्दुघटनामा परी निधन भएको हुनाले निजका परिवारहरुलाई राहत सहयोग स्वरुप SR101/- उपलब्ध गर्राईएको थियो ।

३६) मिति २०६४ असार ३ मार् इलाम, लक्ष्मिपूर - ४ घर भएका लाल बहादुर र्राई ज्यूको असामहिक निधन भएको हुनाले निजको परिवारलाई राहत सहयोग स्वरुप SR656/- उपलब्ध गर्राईएको थियो ।

३७) सन २००७ जुन ८ तारिकमा बसेको यस प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरबको बैठकले यहाँ रहनु भएका नेपाली दाजु भाईहरुको अनावश्यक खर्चलाई बचत गरी आर्थिक भारमा सहयोग पुगोस भन्ने भावना बोकेर विभिन्न उपभोग मुलक हेतुले प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरबको प्रत्यक्ष निगरानीमा रहने गरी पारघारी खजुम नगेन्द्र लिम्बू ज्यूको निर्देशनमा जबेगु दिलीप लिम्बू ज्यूको प्रबन्धक रहने गरी SR5,000/- पूजी लिएर १३ सदस्य र ३ सल्लाकार समिति रहने गरी संचालन सुरुवात गरेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था - (Phalgunanda Saving and Credit Co-operative Society) ले २१ ऋण चलानी र २५,००० रियल भन्दा माथि नगद पूजी लगानी गरी सकेको छ ।

संस्थाको आगामी कार्यक्रमहरुः

१) र्सवप्रथम किरात महामार्ग दर्शनलाई विश्वमानव जगतमा पहिचान गराउने साथमा विश्व शान्ति मानव एकता नारालाई संगै लैजाने ।

२) साउदी अरब लगायत अन्य राष्ट्रहरुमा रहेको आदिवासी, जनजाति, किरात, गैर किरात आवद्घ संघ संस्था एवम बुद्घजिीवि महानुभावहरुको व्यापक उपस्थित गर्राई किरात महामार्ग दर्शनलाई पहिचान गराउने ।

३) किरात कुलका संम्पर्ूण्ा आदिवासी, जनजाति एवम गैर किराती महानुभावहरुको हक, हित, भाषा, लिपि, भेषभूषा, संस्कार, संस्कृति सुनिश्चितको निम्ति भूमिका खेल्ने ।

४) विक्रम संम्वत संगसंगै किरात येत्ले तङबेलाई पनि कानूनी मान्यता दिलाई प्रयोगमा ल्याउने ।

५) विश्व शान्ति एंव मानव एकताको शंखनाथ किरात महामार्ग दर्शनलाई विश्व मानव समुदायमा प्रचार-प्रसार गर्ने यस विशुद्घ सामाजिक संस्थाले साउदी अरब लगायत खाडी मुलुकहरुमा समसामयिक परिस्थितिलाई मध्यनजर राखी किरात वर्ग एवम गैर किरात समुदाय सबैलाई सम्मान रुपमा समेटेर मानवविय दिशा मार्गमा अगाडि बढाउने ।

६) वैदेशिक मामलामा भईपरी आउने व्यक्तिगत वा सामुहिक समस्याहरुमाथि कुटनीतिक भूमिका निर्वाह गर्ने र समस्यालाई छानविन गरी संम्बन्धित निकायमा पारस्पारिक सम्बंन्ध कायम गरी आफ्नो कार्यनीति अगाडि बढाउने ।

७) राष्ट्रिय तथा अन्तराष्टिय संघ संस्थाहरुसंग मैत्रिपुर्ण संम्बन्ध कायम गरी आपसी सहयोग सल्लाह एवंम सुझाव आदान प्रदान गर्दै लैजाने ।

अध्यक्ष महोदय, सदस्य मित्रहरु एवंम सम्पुर्ण उपस्थित महानुभवहरु अब अन्त्यमा यस प्रतिवेदनमा रहेको त्रुटि कमजोरीहरु प्रति क्षमा याचना यहाँहरुमाथि प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरबको प्रगति र सफलताको लागि यहाँहरुको अमूल्य योगदान सल्लाह सुझाव र सहोगको सधैं अपेक्षा राख्दै अब आउँदा दिनहरुमा अझ रचनात्मक कार्यहरु गरी राष्ट्रिय तथा अन्तराष्टिय क्षेत्रमा संम्पुर्ण किरात कुलका आदिवासी जनजातिहरुको आफ्नो पहिचान कायम गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दै अन्त्य गर्दछु ।

संवाददाताः तुम्बापो पुर्ण कुमार लिम्बू
कि.ध.तथा सा.उ.संघ राष्ट्रिय समिति साउदी अरब ।

This email address is being protected from spambots. You need JavaScript enabled to view it..">This email address is being protected from spambots. You need JavaScript enabled to view it..

Read 4565 times Last modified on Monday, 10 March 2014 17:41

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 23 guests and no members online