Kathmandu:-
Header025.jpg
Friday, 13 February 2015 12:08

किरात खम्बू (राई) खाम्सोसेहाङ सयङ द्धारा आयोजना गरिएको सेवामा हार्दिक निमन्त्रणा। Featured

Written by
Rate this item
(1 Vote)

यहि मिति २०७१ फाल्गुन १३ गते खोटाङ र भोजपुर जिल्लाको सिमाना अवस्थित ऐतिहासिक मेरुङ डाडामा किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेनज्यूहरुको देव उपस्थितिमा किरात मुन्धुम अनुसार महायज्ञ अष्टहवन (येत नाम्धुङ लाधुङ सेमि सेवा) सु–सम्पन्न हुन गइरहेकोले यस सेवामा सम्पूर्ण धर्मावलम्बी भक्त्तजन धर्मास्थावन उद्योगी व्यापारी, सन्त महन्त, पत्रकार, कलाकार साथै विभिन्न राजनैतिक दलहरुमा यसै सुचनालाई आधारमानी आफुले चढाइने दान भेटी सहित कार्यक्रममा उपस्थित भइदिन हुन सबिनय अनुरोध गरिन्छ ।

आदि अनादि काल देखि नै किरात समुदायको आफ्नै मौलिक संस्कार संस्कृति विद्यमान रहदै आएको यथावत छ । किरात युग पुरुष सोधुङगेन लेप्मुहाङ, येहाङ, कान्देनहाङ, माबोहाङ, श्रीजंगाहाङ, फाल्गुनन्द लिङदेनज्यूले पुनर उजागर गर्नु भएको किरात धर्म दर्शनलाई माङधक कुधक वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूहरुले निरन्तरता दिदै आउनु भएको धर्म दर्शनलाई शिरोधार्य गर्दै किरात खम्बू राई बन्धुहरुको आयोजनामा विश्व शान्ति मानब एकता एवं चराचर सृष्टिकै कल्याणको निमिक्त किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेनज्यूहरुको देव उपस्थितिमा किरात मुन्धुम अनुसार महायज्ञ अष्टहवन (येत नाम्धुङ लाधुङ सेमि सेवा) सु–सम्पन्न हुन गइरहेकोछ।

कार्यक्रमहरुः
मितिः २०७१ फाल्गुन १० गते चतरा सप्तकोशीमा गालिश्राप बहन्ती ( साक्मुरा वादेम्मा) कार्यक्रम ।
मितिः २०७१ फाल्गुन ११ गते किरात जातिहरुको ऐतिहासिक स्थल मेरुङडाडामा हिजो खम्बुवानमा मरेर गएका किराँत पुर्खाहरुको विभिन्न कारणवस मृत्यू भएका मृतआत्माहरुलाई मुक्ति दिलाउन किरात साम्जीक मुन्धुम अनुसार रातको १२ वजे मुक्ति कर्म गर्ने कार्यक्रम ।
मितिः २०७१ फाल्गुन १३ गते मेरुङ डाडामा विश्व शान्ति मानव एकताको लागि महाअष्टहवन यज्ञ सेवा साथै किरात धर्मगुरु र गुरुआमाज्यूहरुको देव उपस्थितीमा धार्मिक प्रंवचन साथै किरात खम्बू राईहरुको शिर (चोत्लुङ) उठाउने कार्यक्रम हुनेछ । 

पुनश्चः आदरणिय तमाम धर्माआस्थावान महानुभावहरुमा हार्दिकताका साथ यो अपिल पनि गर्दछौ कि तपाई सपरिवारमा शिद्धि शक्ति प्राप्ती र धन, मन शक्ति प्राप्त गर्नको लागि किराँत धर्मगुरुज्यूको इश्वरीय आज्ञामा हुनलागेको कार्यक्रममा फूलको थुङगा देखि तन मन धन ले सहयोग पुर्याई दिनु हुनेछ भन्ने आशा लिएका छौं । यो ऐतिहासिक स्थलमा किरात धर्मगुरु र गुरुआमाहरुको देव सवारले हामी किराँत जातिहरुले मुक्ति प्राप्त गर्दै, देवशक्ति, राजशक्ति प्राप्त गर्नेछौं माङसंग हाम्रो निवेदन छ । 

तन मन धनको लागि सहयोग गर्न चाहानुहुन्छ भने हाम्रो सम्पर्कः 
१) खम्बु द्धवारलक्षी खालिङ
२) खम्बू पारस खालिङ (०२५–५२६६३१), ९८४२०३९३५९ (धरान, खोटाङ,)
३) खम्बू डिल्ली साङपाङ –९८०४९२५१४९) (पान्थर)
४) खम्बू खिम्सोहाङ चाम्लिङ – ९८१५०१३९५० (झापा, वेल्डागी)

हजुरले दिनुभएको दानलाई उचित मुल्याङकन गरेर क्रमश कुनै पनि कार्यक्रममा सम्मान गर्दै धर्मगुरु र गुरुआमा समक्ष पेश गरिने छ । 

Read 1709 times Last modified on Tuesday, 02 June 2015 19:05

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 43 guests and no members online