Print this page
Friday, 16 October 2015 18:09

किरात साम्यो साक्थिमगेन पान्जुम्भोको गत असोज २५ गते ३६ बर्षगाँठ Featured

Written by आईन्द्र थेगिम
Rate this item
(1 Vote)
किरात साम्यो साक्थिमगेन पान्जुम्भोको गत असोज २५ गते ३६ बर्षगाँठ तश्बिर:-आईन्द्र थेगिम

माङसेबुङ / शुक्रबार, असोज २९ गते २०७२
मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेईङ तथा मुहिमगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरू दुवारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण, प्रचार प्रसार गर्न र किरात मौलिक संस्कृकिहरुलार्इ विस्वको मानचित्रमा उभ्याउने उद्देश्यले अङसीमाङ तथा अङसीमामाङज्यूहरुको माङसवारी वि.स.२०३७ आसोज २५ गते केन्द्रीय किरात साँस्कृतिक समिति अर्थात किरात साम्यो साक्थिमगेन पान्जुम्भोको स्थापना भएको गत असोज २५ गते ३६ बर्ष भएको छ।

किरात चोत्लुङ अङसी मान्गेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिङ योङहाङको प्रमुख अतिथित्थ्यमा ३६ औ स्थापना दिवश सम्पन्न भएको छ। उक्त स्थापना दिवशमा सास्कृतिक क्षेत्रमा अमुल्य योग्दान गर्ने व्याक्तित्व भवेन्द्र थेबेलाई सम्मान गरिएको छ। किरात साम्यो नालिफुङ्वा मुजोत्लूङ पान्जुम्भोका केन्द्रीय अध्यक्ष वनेम बिक्रम फागो किरात पत्रकार मञ्चका सह सचिव शुनिल शेर्मा किरात साम्यो थामेन्दीङ मा पान्जुम्भोका केन्द्रीय अध्यक्ष माखिम जुनु लङ्वा हरुले शुभकामना मन्तव्य दिन भएको थियो।राज लाबुङको सांगीतिक प्रस्तुति रहेको थियो डि.बि लिङ्दमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ज्ञानु केदेमको स्वागत र सुमन लाओतीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

Read 2106 times