Print this page
Monday, 07 December 2015 18:40

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा दुई दिने प्रशिक्षण समापन Featured

Written by किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ
Rate this item
(1 Vote)

माङसेबुङ / सोमबार, २१ मंसिर २०७२
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा दुई दिने प्रशिक्षण आज किरात चोत्लुङ अंसि माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङको प्रमुख अतित्थ्यमा समापन कार्यक्रम सम्पन्न गरिएको छ।

सहजकर्ता साम्जिरी सेमि सेर्मा र एन एस फागोलाई आयोजकको तर्फबाट सम्मान पत्रले सम्मानित गरिएको थियो। किरात चोत्लुङ अंसि माङ्गेन्ना सेवा समितिका सचिव नन्द कुमार नेम्बाङले शुभकामना दिनु भएको थियो।सहभागिको तर्फ बाट कोषाध्यक्ष चन्द्रा आङबुहाङ र सदस्य दिपेश फागोले प्रशिक्षणको बारेमा उपलब्दि बारे मन्तव्य राख्न भएको थियो।

समापन कार्यक्रम किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्मोका अध्यक्ष वनेम बिक्रम फागो किरात साम्यो माङसेवा सावा मुजोत्लुङ पान्जुम्मो सचिव सुबास खापुङ किरात चोत्लुङ अंसि माङ्गेन्ना सेवा समितिका सहकोषाध्यक्ष द्वय बलराम खजुम कुल बहादुर लाओती सुनारुङ युवा क्लवका बिरेन लाओती किरात चोत्लुङ अंसि माङ्गेन्ना सेवा समितिका समिता थेबे ससि आङबुहाङ आदिबासि जनजाति गाँउ कार्य बाझोका सदस्य अम्बर देवान उपश्थित हुनु भएको थियो।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष डि बि लिङ्दमको सभापतित्वमा सम्पन भएको कार्यक्रममा सुमन लाओती कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

Read 2119 times Last modified on Thursday, 10 December 2015 18:52